लगातार आठ खेल हारेर मुम्बईले बनाएको रेकर्ड - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

लगातार आठ खेल हारेर मुम्बईले बनाएको रेकर्ड



काठमाडौं- मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ । लगातार आठौँ खेल हारेको आइपिएलकै इतिहासमा यो पहिलो पटक हो ।

पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।

जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो ।

मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो । लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए । जितसंगै लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।