मुम्बईमा लाग्यो निषेधाज्ञा, तिब्र फैलिँदै ओमिक्रोन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मुम्बईमा लाग्यो निषेधाज्ञा, तिब्र फैलिँदै ओमिक्रोन



एजेन्सी – एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको मुम्बईमा दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ।

मुम्बईमा बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। ओमिक्रोन संक्रमण फैलिन नदिन डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचारमाध्यमले जनाएका छन्।

मुम्बईमा बुधबार सातजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। बिहीबारदेखि लागू हुने निषेधाज्ञा अवधिभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ।

त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ।

यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ। सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने छ । साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ। भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकाेमा महाराष्ट्रमा माात्रै ३२ जना छन्।