मुम्बईलाई १७२ रनको लक्ष्य : डी भिलियर्सको सानदार खेल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

मुम्बईलाई १७२ रनको लक्ष्य : डी भिलियर्सको सानदार खेल



एजेन्सी – एबी डी भिलियर्स र मोईन अलीले सानदार अर्धशतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो ‌। बेंगलोरका लागि एवी डी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का सहित ७५ रनमा रन आउट भए । २० औं ओभरको दोस्रो बलमा अक्षयदिप नाथसँग रनको तालमेल गर्न नसक्दा डी भिलियर्स रन आउट हुन पुगे ।

त्यस्तै मोइन अलीले पनि सानदार ब्याटिङ गरे । सातौ ओभरको अन्तिम बलमा पार्थिव पटेल २८ रनमा आउट भएपछि मैदान छिरेका अलीले ३२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ५० रनमा क्याच आउट भए । अलीलाई लाथिस मलिङ्गाले १८ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याबाट क्याच आउट गराए । अली र डी भिलियर्सले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै बेंगलोरको इनिङ्स उकासे । बेंगलोरका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

तेस्रो ओभरको पहिलो बलमा जोसन बेहरनडोफले किकेटकीपर क्विन्टन डी ककबाट क्याच आउट गर्नु अघि कप्तान विराट कोहलीले ८ रन बनाए । हार्दिक पान्ड्याले सुर्य कुमार यादवबाट क्याच गराउनु अघि पटेलले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे । मुम्बईका लागि मलिङ्गाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जोसन बेहरनडोफको नाममा समान १ विकेट रह्यो ।