पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि



काठमाडौं- पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको हो।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।

हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए।अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र हवाई इन्धन प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ।

पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र हवाई इन्धन ७८ रुपैयाँ थियो।निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।

निषेधाज्ञाको समयको पन्ध्र दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। र अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३२ पैसा, डिजलमा ३ रुपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रुपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।