भावना आचार्यको 'मूलको पानी'मा नायक पल शाह र निशा पुरीको रोमान्स (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

भावना आचार्यको ‘मूलको पानी’मा नायक पल शाह र निशा पुरीको रोमान्स (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली चलचित्र जगतका स्टार म्युजिक भिडियोमा निकै चर्चा कमाएका मोडल / नायक पल शाहद्वारा अभिनीत नयाँ गीत सार्वजनिक भएको छ । बग्ने खोला २ एल्बमबाट ‘मूलको पानी’ बोल रहेको उक्त गीतमा पल शाह सँगै मोडल निशा पुरीको रोमान्स देख्न सकिन्छ ।

पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त गायिका भावना आचार्य र नेपाल अाईडलबाट चर्चा कमाएका लोकप्रिय गायक प्रताप दासको स्वर रहेको यो गीतको शब्द तथा सङ्गीत दीपक शर्माले गरेका छन्।

कुलेखानीमा सुटिङ गरिएको यो गीतको अडियो सँगै भिडियो पनि निकै उत्कृष्ट बनेको देख्न सकिन्छ। चर्चित निर्देशक देवेन्द्र पाण्डे द्रारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका छन् भने भिडियोको सम्पादन साहिल खानले गरेका हुन्।