विवाह गर्नै हुन्न भन्ने मुकुन्देले सुटुक्क गरे इन्गेजमेन्ट
काठमाडौं- विवाह गर्न हुँदैन भन्दै काठमाडौंको रत्नपार्कदेखि सामाजिक सञ्जालमा भाइरल मुकुन्द घिमिरेले सुटुक्क इन्गेजमेन्ट गरेका छन् । घिमिरेले झापाकी इन्दिरा संग्रौलासँग इन्गेजमेन्ट गरेका हुन्।
महिलामाथि तथानाम गाली गरेर भाइरल बनेका घिमिरेले कहिलै विवाह नगर्ने घोषणा समेत गरेका थिए । उनले रत्नपार्कमा राजनीतिक विषयमा भाषण गरेर चर्चा बटुल्ने गरेका थिए । त्यसपछि प्रहरीले सो ठाउँमा बस्न नदिएपछि एकाएक हराएका थिए ।
रत्नपार्कबाट हटेपनि पछिल्लो समय सामाजिक सञ्जालमा उनी भाइरल छन् । तिनै चर्चित मुकुन्द घिमिरेले झापाकी इन्दिरासँग इन्गेजमेन्ट गरेका हुन् । घिमिरेले इन्गेजमेन्ट गरेको तस्बीर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरे पनि उनले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।