मुक्ताले ल्याइन झण्डै ८५ प्रतिशत मत, २७ सय मत ल्याउने पनि पराजित - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

मुक्ताले ल्याइन झण्डै ८५ प्रतिशत मत, २७ सय मत ल्याउने पनि पराजित



काठमाडौँ – मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी मुक्ताकुमारी यादवले अहिलेसम्मकै सर्वाधिक मत ल्याएकी छिन्।

चार पदका लागि भएको प्रतिस्पर्धामा पाँच जना सहभागी थिए। जसमध्ये यादवले सर्वाधिक ३९६० मत पाएकी हुन्।

कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४६७१ मत खसेकोमा १३ मत बदर भएको थियो। यादवले ल्याएको मत खसेको मतको ८४.७ प्रतिशत हो।

यसअघि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका विपी पुत्र शशांक कोइरालाले ३८३६ मत पाएका थिए। कोइरालाको भन्दा पनि उनले १२४ मत बढी पाएकी हुन्।

त्यस्तै मधेसी तर्फको महिला सदस्यमा नागिना यादवले २८४६, मञ्जुकुमारी यादवले २८८६, मिनाक्षी झाले ३०१२ मत ल्याएर विजयी भएका छन्।

किरण यादवले भने २७२२ मत पाएर पनि पराजय भोग्नु परेको छ।