मुख्यमन्त्री भट्टद्बारा नवनिर्मित नगरपालिका भवनको उद्घाटन (फोटो फिचर)
किशोर तामाङ
कञ्चनपुर, पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थित पुनर्वास नगरपालिकाको नयाँ निर्मित नगर भवन एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रदेश नम्बर ७ का मुख्य मन्त्री त्रिलोचन भट्टको प्रमुख अथिति र प्रदेश सभासद तारा लामा तामाङ को बिशिष्ट अतिथ्यमा उक्त भवनको उद्घाटन गरिएको हो ।
मुख्य मन्त्रीले उद्घाटन कार्यक्रममा राडा नेपालले उपलब्ध गराएको चन्दन ,रुद्राक्ष जातका बोट बिरुवा हरु समेत नगरपालिका परिसर भित्र बृक्षारोपण गरि नयाँ भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभासद् तारा लामा तामाङले पुनर्वास नाम आफैमा एउटा अलिखित सम्भावना बोकेको ठाँउ रहेको बताए । पुनर्वास नगरपालिकाले छोटो समयमा नै आफ्नो निजि भवन निर्माण गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना समेत दिएका थिए ।
यसरीनै मुख्यमन्त्री भट्टले पुनर्वास बहुभाषिक , बहुसांस्कृतिक ,बहुधार्मिक र भौगोलिक बिबिधताले भरिपुर्ण सौन्दर्य र मनमोहक स्थल रहेको बताएका छन्। उनले नेपालमा पुर्व मेची देखि पश्चिम महाकालीसम्म सिमा बिबाद चुलिंदै आएको अवस्थामा कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वास नगरपालिका अन्तर्गत रहेको आनन्द बजार घटना लाई स्मरण गर्दै देशको सिमाना रक्षार्थ आफ्नो ज्यान को आहुति दिने बिर शहिदको सम्मान स्वरुप नगरपालिका परिसरमा प्रदेशको लगानीमा सालिक निर्माण गर्ने प्रतिबद्धता जनाएका छ्न । समय समयमा हुने अप्रत्याशित सिमा बिवादको दिर्घकालिन समाधानका लागि केन्दिय सरकार संंग समन्वयन गरिने समेत मुख्यमन्त्री भट्टले बताए ।
निर्वाचित भएको १ वर्षमा पुनर्वास नगरपालिका कंचनपुरको आफ्नै नवनिर्मित भवनमा प्रवेश गरेका हुन् ।पुर्नवास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन ओमनाथ ढकालले गरेका थिए ।