मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउन माग
आचार्य प्रदिप
बुटवल ।
प्रदेश नम्बर ५ काे मुख्यमन्त्रीकाे नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
नियुक्ति सम्बन्धमा नेकपा एमाले र माओवादी केन्द्र पार्टी संसदीय दलका नेताले हस्ताक्षर गरेकाे माग पत्र प्रदेश नम्बर ५ प्रमुख उमाकान्त झालाई बुझाएकाे हाे ।
नेकपा एमालेका संसदीय दलका नेता शङ्कर पाेखरेल र माअाेवादि केन्द्रका नेता कुल प्रसाद केसी साेनामले हस्ताक्षर गरेर शङ्कर पाेखरेल लाई मुख्यमन्त्री मा समर्थन गर्दै प्रक्रिया अगाडि बढाउन माग गरिएकाे छ ।
संविधानकाे १६८ काे उपधारा २ बमाेविम माग गरेकाे हाे ।
मिनी मन्त्रिपरिषद : शङ्कर पाेखरेल
पत्र बुझाउन पुगेका नेकपा एमालेका संसदीय दलका नेता शङ्कर पाेखरेलले पहिलाे चरणमा मिनी मन्त्रालय निर्माण हुने बताएका छन् ।
उनले भवन तथा पूर्वाधार कमीका कारण मिनी मन्त्रिपरिषद निर्माण हुने बताए । पहिलाे चरणमा ३ जना मन्त्री हुने र मुख्यमन्त्री र मन्त्रिकाे शपथ एकैदिन हुने सम्भावना रहेकाे बताए ।
छिट्टै पाटी एकता हुन्छ : वर्षमान पुन
माके नेता वर्षमान पुनले पार्टी एकता छिट्टै हुने बताए ।
प्रदेश नम्बर ५ मा पहिलाे चरणमा १-१ एमाले र माके बिच भागबण्डा हुने र बाँकी मिलेर काम गर्ने बताए ।