सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीको गाडीले ठक्कर दिदा एक जना घाईते - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीको गाडीले ठक्कर दिदा एक जना घाईते



धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गाडीको ढोकाले ठक्कर दिदा एक जना घाईते भएका छन् ।

धनगढीको साथी होटेल नजिक बाटोमा रोकेको गाडीको ढोका खोल्दा त्यसमा लागेर अछामको ढकारी गाउँपालिकाका सुचना अधिकृत विक्रम बोहरा घाईते भएका हुन्। पछाडी नहेरेरै ढोका खोल्दा से ७ प २३२ नम्बरको मोटरसाईकलमा सवार बोहरा घाईते भएको जनाइउको छ ।

घाईतेको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। मुख्यमन्त्रीको गाडी फर्काउने क्रममा पिएसओले नहेरेरै ढोका खोल्दा उनी घाईते भएका हुन्।