मुख्यसचिवसँग प्रधानमन्त्री ओली फायर : कमजोरी खोज्दै - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

मुख्यसचिवसँग प्रधानमन्त्री ओली फायर : कमजोरी खोज्दै



काठमाडौं –  मुख्य सचिव लोकदर्शन रेग्मीसंग प्रधानमन्त्री केपी शर्मा ओली फायर भएको खबर बाहिरिएको छ  ।  प्रधानमन्त्री कार्यालयले आफुसम्म पुग्नुपर्ने अति महत्वपूर्ण सूचनाहरु रोकिन थालेपछि मुख्य सचिव लोकदर्शन रेग्मीमाथि छानविन थालेको बताइएको छ  ।

विप्लव समुहले १२ र १३ जेठमा गरेका हिंसात्मक घटना रोक्न नसकेको बेला सुचना ज्ञाप भएको महसुस गरी प्रधानमन्त्री कार्यालयले उनीमाथि एक्सन लिएको बताइएको छ । पछिल्लो समय मुख्यसचिव र प्रधानमन्त्री ओलीबीच सानो सानो कुरामा पनि मतान्तर हुनेगरेको स्रोतले बताउने गरेको छ ।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र एकजना सचिवलाई घटनाको अनुसन्धान गरी सत्यतथ्य आफू समक्ष राख्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले १६ फागुन २०७५ को मन्त्रिपरिषद् बैठकबाट नेपाल सरकार कार्य विभाजन नियमावली–२०६९ मा संसोधन गर्दै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) आफू मातहत ल्याएका थिए। उनले राअविका गोप्य सूचना मुख्य सल्लाहकार बिष्णु रिमाल र मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत् आफूसम्म ल्याउन निर्देशन दिएका थिए।