प्रदेश ५को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त, सपथ भोली - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

प्रदेश ५को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त, सपथ भोली



आचार्य प्रदीप
बुटवल ।
नेकपा एमालेका नेता शंकर पोखरेल प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता रहेका पोखरेललाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दलको समर्थन भएपछि प्रदेश प्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्तीका लागि एमाले र माओवादीले आइतबार नै दावि पत्र पेश गरेका थिए ।

दाङ निर्वाचन क्षेत्र २ को ‘क’बाट प्रदेश सभामा निर्वाचित पोखरेल एमाले स्थायी समिति सदस्य हुन । उनले सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
माओवादी केन्द्रको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन । पोखरेललाई बिहिबार दिउसो शपथ ग्रहण गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयले तय गरेको छ ।

मुख्यमन्त्रीसंगै दुई मन्त्रीले समेत शपथ लिदैछन् । एमालेका बैजनाथ चौधरी र माओवादी केन्द्रका कुलप्रसाद केसीले शपथ लिदैछन् । केसीले आन्तरिक मालिला तथा कानुन मन्त्रालय (गृह) सम्हाल्ने बताइएको छ । चौधरीलाई भने मन्त्रालय दिइसकिएको छैन् । उनले उद्योग, पर्यटन तथा वन मन्त्रालय सम्हाल्न सक्ने संभावना रहेको छ ।

केही समयका लागि तीन जनाको मन्त्रीमण्डलले नै प्रदेश चलाउने बताइएको छ । पूर्वाधार व्यवस्थापन पछि मन्त्रीपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पोखरेलको योजना छ ।