मुखर्जीको शिक्षक देखि राष्ट्रपतिसम्मको यस्तो थियो यात्रा
काठमाडौं । भारतीय राजनीतिमा बिराधीहरुको मुखबाट पनि सम्मानका साथ निस्किने नाम भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा सोमवार निधन भएको छ ।
उनी एक महिना यता कोरोना भाइरसको संक्रमणसँग लडीरहेका थिए । साथै उनको हालै ब्रेन सर्जरी पनि गरिएको थियो ।
दिल्लीस्थित आर्मी अस्पतालमा उपचारका लागि अगस्ट १० तारिखमा उनी भर्ना भएका थिए । उनी आफ्नो राजनीतिक यात्रामा तीन पटक प्रधानमन्त्री बन्न लागेका थिए । तर बन्छन् भन्दा भन्दै उनी प्रधानमन्त्री बन्न पाएनन् ।
तीन वर्ष पहिला मनमोहन सिंहले भनेका थिए, म जब प्रधानमन्त्री बने, त्यो बेला प्रणव मुखर्जी यस पदको लागि मान्य थिए, तर म के गर्न सक्थेँ, कांग्रेस अध्यक्ष सोनिया गान्धीले मलाई चुनेकी थिइन् ।उनी १९६९ मा प्रधानमन्त्री बन्नको लागि पूर्ण रुपमा तयार थिए ।
तर त्यो बेला वेंकटरामन, पीवी नरसिम्हाराव, ज्ञानी जैल सिंह, प्रकाश चन्द्र सेठी र नारायण दत्त जस्ता सिनियर व्यक्तित्व थिए ।
सन् १९९१ मा पनि उनी प्रधानमन्त्री बन्नै लागेका थिए । त्यो बेला राजीव गान्धीको हत्या भएको थियो । त्यो बेला पनि प्रणव मुखर्जीको प्रतिष्पर्धी बन्न कोहि लायक छैन जस्तो सबैले मान्थे ।
तर पार्टीले उनको ठाउँमा नरसिंह रावलाई चुन्यो र उनी प्रधानमन्त्री बन्न बाट चुके । त्यस्तै २००४ मा पनि उनी प्रधानमन्त्री बन्नको लागि उनको प्रतिस्पद्धि कोहि थिएन ।
तर सोनियाले फेरि पनि प्रणवको ठाउँमा अर्थशास्त्री मनमोहनलाई चुनिन् । मनमोहनले भनेका थिए म भन्दा सयौँ गुणा राम्रो प्रणव जी छन्, तर मलाई चुनियो ।
उनी भारतीय राजनीतिमा एक विद्वान राजनेता मानिन्छन् । उनले इतिहास, राजनीति शास्त्र र कानूनमा डिग्री गरेका थिए ।
क्लर्क पत्रकार र शिक्षकको रुपमा उनले काम गरेका थिए । २००८ मा उनलाई पद्य विभूषण र २०१९ मा भारत रत्नबाट सम्मानित गरिएको थियो ।