मुखमा टेप लगाएर केसीद्वारा माइतीघर मण्डलामा प्रदर्शन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मुखमा टेप लगाएर केसीद्वारा माइतीघर मण्डलामा प्रदर्शन



त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डाक्टर गोविन्द केसीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

गत वैशाखमा स्थानीय प्रशासनले असार १ देखि माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको थियो। त्यही विरोधमा डाक्टर केसीले शनिबार माइतीघर मण्डला मुखमा टेप लगाइ भद्र अवज्ञा गरेका हुन्।

‘नागरिक स्वतन्त्रता खोस्न दिँदैनौं निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’, ‘म रैती होइन सार्वभौम नागरिक हुँ’ लेखिएको प्ले कार्ड बोकेका थिए।

यसअघि विवेकशील साझा पार्टीले पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो।