मलेसियाका नयाँ प्रधानमन्त्री बने मुहिदीन यासीन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मलेसियाका नयाँ प्रधानमन्त्री बने मुहिदीन यासीन



एजेन्सी- मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहम्मद शाहले मुहिदीन यासीनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

शनिबार दरबारबाट जारी विज्ञप्तिमा नयाँ प्रधानमन्त्रीमा यासीनलाई नियुक्त गरिएको र आइतबार शपथ हुने बताइएको छ।

दरबारबाट जारी विज्ञप्तिमा भनिएको छ –पूर्वआन्तरिक मन्त्री तथा बर्सटू पार्टीका अध्यक्ष मुहिदीनको आइतबार सपथ हुनेछ। उनलाई संसदमा सांसदहरूको बहुमत समर्थन मिल्नेछ।

एक हप्ताअघिमात्र मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका थिए।

उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि उनले राजीनामा बुझाएका थिए।