नारायणगढ–मुग्लिन सडक भासियो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नारायणगढ–मुग्लिन सडक भासियो



चितवन । नारायणगढ–मुग्लिन सडक फराकिलो बने लगत्तै सुरु भएको भासिने समस्या थपिंदै गएको छ ।

सडक फराकिलो बनाउन भतेरीमा पर्खाल लगाएर जमिन पुरेको ठाउँमा चिरा परेलगत्तै १७ किलोमा पनि सडक भासिएको थियो ।

फेरि भालुढुंगामा १७ किलोको जस्तै समस्या देखा परेको छ । भतेरी बाहेक अरु ठाउँको समस्या नयाँ नभएर पुरानो निर्माणका कारण आएको अधिकारीहरु बताउँछन् ।

‘अहिले नारायणगढ–मुग्लिन सडकको भतेरी, १७ किलो र भालु ढुंगा भन्ने ठाउँमा भासिएको छ । तीन ठाउँमा सडक भासिए पनि भतेरीको समस्या अलग हो । अन्य दुई ठाउँको समस्या अलग हो’, नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।

१७ किलो र भालुढुंगामा एक एङरीमा समस्या आएका कारण सडक भासिएको खनालले बताए । -कान्तिपुर दैनिकबाट