अब एसएमएसबाट थाहा पाउँ नारायाणगढ मुग्लिन सडकको स्थिति - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अब एसएमएसबाट थाहा पाउँ नारायाणगढ मुग्लिन सडकको स्थिति



काठमाडौं । बेला बेलामा पहिरोका कारण अवरुद्ध हुदैं आईरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा कारण यात्रा तय गरिसकेर हिडेका यात्रुहरुलाई निक्कै सास्ती हुने गरेको छ । त्यहि कुरालाई मध्य नजर गर्दै सडक अबरुद्ध भएरनभएको सूचना एसएमएसबाटै पाइने गरि महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको छ ।

nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नैपाउने जानकारी महाशाखाले दिएको छ ।

महाशाखाले यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं भन्ने जानकारी दिएको छ ।