दुई जना भारतीयलाई मृत्युददण्ड - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दुई जना भारतीयलाई मृत्युददण्ड



एजेन्सी – दुई जना भारतीय नागरिकलाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो ।

उनीहरुलाई गएको फेब्रुअरी २८ तारिखका दिन मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । तर उनीहरुका परिवारलाई गएको सोमबार मात्रै खबर दिइएपछि मृत्युदण्ड भएको थाहा भएको हो ।

सन् २०१३ मा गाडी चलाउन साउदी गएका उनीहरुले सन् २०१५ मा आरिफ भन्ने व्यक्तिसँग मिलेर चोरी गरेको र चोरी गरेको पैसा बाँड्ने क्रममा झगडा भएपछि आरिफको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई सन् २०१५ मा चोरीको आरोपमा पक्राउ गरेको थियो । सजाय पूरा भएर छुट्ने बेलामा हत्या गरेको समेत आशंका भएपछि रियादबाट दमाममा सारिएको थियो । अनुसन्धानका क्रममा आरोप स्वीकार गरेपछि उनीहरुलाई मृत्युदण्ड दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।

साउदीको कानुनअनुसार मृत्युदण्ड पाएका व्यक्तिको शव उसको परिवार र देशमा पठाउँदैन । यस्तै मृत्युदण्ड दिइएको दुई महिनापछि मृत्यु दर्ता जारी गर्ने साउदीको कानुन छ ।