गेष्ट हाउसमा मृत भेटिएकी युवतीको खुल्यो पहिचान
काठमाडौं– नयाँ बर्सपार्कस्थित गेष्ट हाउसमा युवतीको हत्या भएकी युवती चितवन सौराहाकी रियाना(रिया) अधिकारी भएको खुलेको छ।
भुमेश्वरी गेष्ट हाउसको २०३ नम्बर कोठामा शुक्रबार बिहान उनको शव भेटिएको हो।
हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। खुट्टा टावेल र घाँटी रुमालले बाधिएको अवस्थामा उनको शव भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश भण्डारीले बताए। मृतकका आफन्तहरु प्रहरीले भेट्टाउन सकेको छैन।
बिहिबार राती एक युवकसँग अधिकारी गेष्ट हाउसमा पुगेकी थिइन्। शुक्रबार बाहिरबाट ताल्चा लगाएर युवक भागेका थिए। शवको अवस्था हेर्दा हत्या नै गरिएको देखिने प्रहरीले जनाएको छ।
फरार रहेका युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान गरिरहेको छ।
कोठामा उनको मोबाइल समेत नभेटिएको प्रहरीले जनाएको छ। होटलमा आफ्नो नाम टिपाउने युवक फरार छन्।