स्वास्थ्य शाखा प्रमुख नै मृत भेटिए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्वास्थ्य शाखा प्रमुख नै मृत भेटिए



स्याङजा- स्याङजाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लभ भण्डारी मृत फेला परेका छन् ।

उनको शव घरबाट तीन सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनी साँझपख मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख विमलराज कणेलले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ