मोटरसाइकलको ठक्करबाट ७ वर्षीया बालकको ज्यान गयो
डोटी ।डोटीमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीया बालकको ज्यान गएको छ ।
जिल्लाको शिखर नगरपालिका बस्ने चक्रबहादुर बलायरको ७ वर्षीया छोरा विपिन बलायरको ज्यान गएको हो ।
केआईसिंह गाउँपालिका- ४ वायल निवासी २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से १ प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका विपिनको स्थानीय शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

