मोटरसाइकल दुर्घटनामा भारतमा एक नेपालीको मृत्यु - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

मोटरसाइकल दुर्घटनामा भारतमा एक नेपालीको मृत्यु



बैतडी- भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् ।

दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिनुभयो ।

मोटरसाइकलामा पछाडि बस्नुभएका घाइते दोगडाकेदार–२ का वीरेन्द्र विष्टलाई तमिलनाडुबाट थप उपचारका लागि बैङ्लोर लगिएको छ ।