मोटरसाइकल दुर्घटना:दुई युवकको मृत्यु - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

मोटरसाइकल दुर्घटना:दुई युवकको मृत्यु



दमक, — झापाको शिवसताक्षी नगरपालिका ११ माइधारमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका १८ वर्षीय सबिन लिम्बू र सोही उमेरका युवक सन्जु लिम्बू छन् ।

दिउँसो २ः ३० मा पूर्व–पश्चिम लोकमार्गमा उछिन्ने क्रममा मे ४ प ३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । पूर्व जाँदै गरेको मोटरसाइकल ओभरट्याक गरेर अघि बढ्ने क्रममाविपरीत दिशाबाट आउँदै गरेको बा १३ च ३१३२ नम्बरको बोलेरोमा ठोक्किएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका लागि बिर्तामोडतिर लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।