बिहानको खाजामा यी कुरा खानुहोस्, जुन स्वास्थ्यका लागि निकै लाभदायक छन् - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

बिहानको खाजामा यी कुरा खानुहोस्, जुन स्वास्थ्यका लागि निकै लाभदायक छन्



बिहान राम्रो ब्रेकफास्ट गरेर दिउँसोतिर खाना खाई राति हलुका खाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ब्रेकफास्टमा कार्बोहाइड्रेट र फाइबर प्रशस्त मात्रामा र प्रोटिन केही मात्रामा पाइने खाना रोज्नुपर्छ । यस्ता खानालाई ब्रेकफास्टमा समावेश गरियो भने शरीर र दिमाग स्वस्थ रहन्छन्ः

जौ

जौका परिकारमा कार्बोहाइड्रेट, फ्याटी एसिड, फोलेट, पोटासियमलगायत पोषक तŒव पाइन्छन् । बिहान जौको परिकार खानु स्वास्थ्यका लागि ज्यादै लाभदायक हुन्छ ।

केरा

बिहानीपख खान बडो उपयोयी फल हो, केरा । यसमा पाइने विशेष खालको कार्बोहाइड्रेटले दिनभरि ऊर्जा प्रदान गर्छ । यसमा पोटासियमको मात्रा पनि उच्च हुन्छ, जुन न्यून रक्तचाप भएकाहरूका लागि लाभदायक हुन्छ । साथै, बिहान केरा खानु उच्चरक्तचाप भएकालाई पनि उपयोगी हुन्छ ।

अण्डा

अण्डामा प्रोटिन र भिटामिन डी प्रशस्त मात्रामा पाइन्छ । अण्डाको पहेँलो भागमा कोलेस्टरोलको मात्रा उच्च हुने भए पनि यो खानाले रगतमा कोलेस्टरोलको मात्रा खासै बढ्दैन । तसर्थ, हरेक बिहान अण्डा खानु बडो लाभदायक हुन्छ ।

खरबुजा
रातभरि पानी नपिएर सुखा भएको शरीरमा बिहान खरबुजा खाएर पानी आपूर्ति गर्नु ज्यादै लाभदायक हुन्छ । यसमा लाइकोफेन नामक पोषक पदार्थ पनि पाइन्छ, जसले मुटुरोग लाग्न दिँदैन र क्यान्सरको जोखिम पनि कम गर्छ ।