१७ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने मोर्गन - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

१७ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने मोर्गन



एजेन्सी – इंग्ल्यान्डका कप्तान इओन मोर्गनले एकदिवसिय विश्वकपमा नयाँ कीर्तिमान कायम गरेका छन् ।

मोर्गनले विश्वकपमा एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका हुन् । मोर्गनले अफगानिस्तानसँग एकै खेलमा १७ छक्का प्रहार गरेका छन् । यस अघि सन् २०१५ मा क्रिस गेलले जिम्बाबेविरुद्ध १६ छक्का प्रहार गरेका थिए । ४७ ओभरको पाँचौ बलमा गुलवदीन नाइबलाई छक्का प्रहार गर्दै यो रेकर्ड कायम गरेका थिए ।

लगत्तै अर्को बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाईन नजिकै रामत शाहबाट क्याच आउट हुनुअघि मात्र ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनमा क्याच आउट भए ।