मोर्चालाई संशोधन विधेयक अमान्य - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मोर्चालाई संशोधन विधेयक अमान्य



हिमाल पोष्ट / काठमाडौँ, १५ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको विधेयक मान्य नभएको बताएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले मधेसी मोर्चाको सहमति बिना दर्ता गराइएको विधेयकले मधेसी, आदिवासी, जनजातिलगायत सिमान्तकृत समुदायले उठाएका मुद्दालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको हो ।

बैठकले यथास्थितिमा सरकारले दर्ता गरेको विधेयकलाई स्वीकार गर्न नसकिने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विधेयकले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार भावी रणनीतिका बारेमा मोर्चाको आगामी बैठकले निर्णय लिनेछ । रासस