मोसु कतारको आयोजक कमिटी गठन  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मोसु कतारको आयोजक कमिटी गठन 



ओम प्रकाश बानियाँ/दोहा, कतार

मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १३ औं साधारण सभाका लागि नयाँ आयोजक समिति गठन गरेको छ ।

दोहा स्थित मुन्तजा पार्कमा सस्थाका अध्यक्ष योगेन्द्र कार्कीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उहाँ कै संयोजकत्वमा साधारण सभा आयोजक समिति गठन गर्दै साधारण सभाको तयारीलाई निरन्तरता दिएको छ ।

समितिमा चिरन्जिबी तिम्सिना, तेज कटुवाल, दीलिप पराजुली, भीम बराइली, लिलानाथ घिमिरे, भरत श्रेष्ठ, पर्शुराम बास्तोला, गोपाल कटुवाल, रमेश निरौला, भोला बस्नेत, समिन बराल, संजिव आचार्य, सिताराम कटुवाल, गोबिन्द कटुवाल, अमृत चौधरी, मनोज चौधरी, बलभद्र अधिकारी, मंगलसिंह तामांग, सुबास चौधरी, राजनारायण चौधरी, कमल गिरि, पवन बास्तोला, छबी कटुवाल, तिर्थराज निरौला, राजकुमार भट्टराई, भरत कटुवाल, प्रसान्त राई, ओम प्रकाश बानियाँ, संजोग गिरि, पर्शुराम बन्जरा, अमित चौधरी, दिनेश चौधरी, धुनिलाल चौधरी रहेका छन् भने सल्लाहकारमा टि एन बराल, चानक पोख्रेल, मिलन खत्री, सरोज बास्तोला,बिनोद प्रसाद भट्टराई, लोक बहादुर तामांग, छबी सुबेदी, सुबास गौतम, कुमार कार्की, दिलकिरण खुजुम, धिरज चाम्लिंग राई, सेवन कार्की, सन्तोष दाहाल छन् ।

यसका साथै निर्वाचन समिति, विधान समिति पनि गठन भएको छ । सोहि बैठकले लोक बहादुर तामाङको संयोजकत्वमा मोसु कतारको वित्तिय परियोजना मोसु बचतको संचालक समिति तथा टेकनाथ बरालको संयोजकत्वमा ऋण समिति पनि पुर्नगठन गरेको छ ।  मोसु कतारको सदस्यता र वित्तिय परियोजना मोसु बचत संचालक समितिको कार्य अवधि  प्रत्येक डिसेम्बरमा समाप्त भइ जनवरी महिनामा नविकरण पुर्नगठन परंपरा छ । यसले संस्था र सदस्यहरुलाई समेत निरन्तर क्रियाशिल बनाइराख्ने मोसु अभियन्ताहरुको अनुभव छ ।

बृहत बनभोज कार्यक्रमका बीच सम्पन्न हुने उक्त साधारणसभामा करिब ३०० सदस्य तथा १०० को हाराहारीमा अतिथि तथा कलाकारहरु सहभागि हुने अनुमानित खाका तयार भएको जानकारी उपाध्यक्ष  तेज कट्वाल दिएका छन् ।