कोरोना परीक्षण गर्न लागेको स्वाब बाँदरले नियन्त्रणमा लिएपछि प्रहरी परिचालन - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

कोरोना परीक्षण गर्न लागेको स्वाब बाँदरले नियन्त्रणमा लिएपछि प्रहरी परिचालन



बाँदरको एक हुलले भारतको एक मेडिकल कलेजबाट कोरोना भाइरस परीक्षण गर्न राखिएका नमूनाहरू चोरेर भागेको छ ।

बाँदरहरूले कोरोना परीक्षण गर्न राखिएको ३ वटा नमूना आफूसँगै लिएर गएका हुन् । भारतको उत्तरप्रदेशको मेरुट मेडिकल कलेजमा केही महिनाअघि बाँदरको एक हुल छिरेको थियो ।

कलेजभित्र एक ल्याब टेक्निसियनले हातमा लिएर उभिएको ३ वटा नमूना बाँदरहरूले लिएर भागेको स्थानीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

बाँदरले नमूना लिएर भागेपछि भाइरस फैलने डरले स्थानीयहरू त्रसित बनेका छन् ।

लखनउ ब्यूरो चिफ अमिर हकले भने, ‘बाँदरहरू वरिपरी सधैं देखिने गर्दथे, तर यसपटक भाइरस टेस्ट गर्न लिइएको नमूना लिएर भागे ।’

स्थानीय प्रहरीले बाँदरबाट ती नमूना खोस्न प्रहरी परिचालन गरिएको बताए ।