मोदनाथ प्रश्रितलाई हृदयघात : अस्पताल भर्ना - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

मोदनाथ प्रश्रितलाई हृदयघात : अस्पताल भर्ना



काठमाडौं । पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । शनिबार काठमाडौबाट बुटवलतर्फ लागेका प्रश्रितलाई गल्छी पुग्दा हृदयघात भएको हो ।

यात्रामा हृदयघात भएपछि उनलाई  तत्कालै फर्काएर मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । अस्पताल पु्रयाए लगतै उनको एनजिओ प्लास्टी गरिएको छ ।

मुटुको भल्भमा जमेको रगत हटाइएपछि अहिले सिसियू उपचार कक्षमा राखिएको छ ।