मोदीको निर्देशन: साढे नौ बजे अफिस पुग्नोस, नत्र जागिर छाड्नुस - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मोदीको निर्देशन: साढे नौ बजे अफिस पुग्नोस, नत्र जागिर छाड्नुस



नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् ।

दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न निर्देशन समेत दिएका छन् । अन्यथा जागिर समेत जानसक्ने चेतावनी समेत दिएका छन् ।

‘घरबाट काम गर्ने बानी फेर्नुहोस् । साढे ९ बजेसम्म कार्यालय पुग्नुस् । यसो गर्दा अन्य कर्मचारीका लागि पनि उदाहरण हुन्छ । म गुजरातको मुख्यमन्त्री हुँदा यस्तै गर्थे, अहिले पनि गर्छु,’ मोदीको भनाई थियो ।

प्रधानमन्त्री मोदीले आगामी जुन १७ देखि सुरु हुने संसदको बैठकको समयमा अन्य कार्यक्रम नराख्न पनि मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।