अन्तिम समयमा मोदीको नेपाल भ्रमण रोकिनुको रहस्य के हो ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अन्तिम समयमा मोदीको नेपाल भ्रमण रोकिनुको रहस्य के हो ?



काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रद्द भएको छ । पाइपलाइन परियोजना उद्घाटनका लागि नेपाल आउने भनिएका मोदीको भ्रमण एकाएक रद्द भएको हो ।

मोदी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका लागि नेपाल आउने तयारी भैरहेको थियो । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा परियोजनाको उदघाटन गर्ने कार्यतालिका थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले पाइपलाइन परियोजना कसरी उदघाटन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताए । मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि पशुपति र लुम्बिनी दर्शनका लागि नेपाल आउने योजनामा थिए ।

उनले यसअघि लुम्बिनी दर्शनका लागि प्रयास गरेका थिए । तर, सुरक्षालाई कारण देखाउँदै फर्केका थिए । श्रोतका अनुसार तरकारीमा विषादी प्रकरण र भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परेको भन्दै नेपालमा भारतविरोधी भावना बढेकाले मोदीले नआउने मनस्थिति बनाएका हुन् ।

यो बाहेक नेपालमा बढ्दै गरेको भारत बिरोधि अभियानका बारे भारतले पछिल्लों समय चाँसोले हेरिरहेको छ । सुरक्षा परिषदको बैठकमै यो बिषय उठेको र नेपालबाट भारतलाई सुरक्षा खतरा बढेको परिषदको निष्कर्ष निकालेको थियो