मोदीले भने : भीआइपी संस्कार देखाउनेहरु जनताका दुस्मन हुन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोदीले भने : भीआइपी संस्कार देखाउनेहरु जनताका दुस्मन हुन्



एजेन्सी -नरेन्द्र मोदी शनिबार भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को सर्वसम्मतिले नेता चुनिएका छन् ।

संसदको केन्द्रीय कक्षमा नवनिर्वाचित सांसद र वरिष्ठ नेताहरूको बैठकले मोदीलाई नेता चुनेको हो ।

अब मोदी नयाँ सरकार गठनको दावी पेस गर्न राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्नेछन् । यसपछि मोदीलाई नयाँ प्रधानमन्त्रीको रूपमा शपथ गराइनेछ । शपथग्रहण समारोह आगामी साता आयोजना गरिने सम्भवाना रहेको छ ।

भाजपा अध्यक्ष अमित शाहले भने, ‘मोदीलाई सर्वसम्मतिले २५३ सांसदले संसदीय दलको नेता चुनेका छन् ।’

यही बेला मोदीले संसद र नेताहरूको अभिवादन स्वीकार गरे ।

राजगका वरिष्ठ नेताहरूले गठबन्धका नेताको रूपमा मोदीको चुनावको समर्थन गरेका थिए । जसमा जदयू अध्यक्ष नीतिश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे र अकाली दलका प्रकाश सिंह बादल उपस्थित थिए ।

यसअघि मोदी भाजपाको संसदीय दलको नेता चुनिएका थिए ।

केन्द्रीय कक्षमा आयोजित बैठकमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवानी र मुरली मनोहरी जोशी पनि मञ्चासीन थिए ।

शाहले मोदीको नाम प्रस्ताव गरेका थिए भने पूर्व पार्टी अध्यक्षद्वय राजनाथ सिंह तथा नितिन गडकरीले प्रस्ताव अनुमोदन गरे ।

मोदीको चुनाव मात्र औपचारिकता थियो किनभने राजगले पहिले नै उनलाई गठबन्धनबाट प्रधानमन्त्री पदको दाबेदार घोषित गरेको थियो।

संसदको केन्द्रीय कक्षमा नरेन्द्र मोदीले भने, ‘२०१४ मा मैले भनेको थिएँ, मेरो सरकार देशका दलित, गरिब, पीडित, आदिवासीहरूलाई समर्पित हो । आज पनि म भन्न चाहन्छु, पाँच वर्षमा मैले भनेको कुरालाई ओझेल हुन दिइनँ ।’

उनले भने, ‘सन् २०१४ देखि २०१९ सम्म हामीले गरिबका लागि सरकार चलायौँ र आज म ठूलो सन्तोषले भन्न सक्छु आज यो सरकार देशका गरीबहरूले बनाएका हुन् ।’

नरेन्द्र मोदीले नवनिर्वाचित लोकसभा ससदस्यहरुलाई आफूनलाई बदल्न सुझाव दिए । उनले भने, ‘भीआइपी संस्कृतिसँग देशलाई ठूलो आक्रोश छ । हामी नागरिक हौँ भने उनीहरूसँग लाइनमा किन बस्न सक्दैनौँ । म चाहन्छु कि हामीले जनतालाई ध्यानमा राख्दै आफूहरूलाई बदलौँ । गाडीबाट रातोबत्ति हटाउँदा कुनै आर्थिक फाइदा भएन तर जनताको बीचमा राम्रो सन्देश गयो ।’

उनले भने, ‘यस देशमा धेरै नरेन्द्र मोदीको जन्म भएको छ । जो जितेर आएका छन् । उनीहरू सबै मेरा हुन् ।’

मोदीले वरिष्ठ भाजपा नेता लालकृष्ण आडवानीलाई उद्धृत गर्दै भने, ‘आडवानी जी भन्नुहुन्थ्यो, दुई कुराबाट बच्नुपर्छ – एक छपास र दोस्रो दिखास । छपास आर्थत् छापिने मोह र दिखास अर्थात् देखिने मोह ।’

उनले नयाँ सदस्यहरूलाई भीआइपी संस्कृतिबाट बच्‍न सुझाव दिए ।

५४२ सिटको लोकसभा निर्वाचनमा भाजपा एक्लैले ३ सय ३ सिटमा जीत हासिल गरेको छ भने काङ्ग्रेस ५२ सिटमा समेटिएको छ ।

शनिबार राष्ट्रपति रामनाथ कोविन्दले १६ औँ लोकसभा भङ्ग गर्न क्याबिनेटको सिफारिशलाई स्वीकार गरेका छन् । १६ औँ लोसभाको कार्यकाल जुन ३ मा समाप्त हुनेछ । यसको पहिलो बैठक ४ जुन २०१४ मा बोलाइएको थियो ।