२०७६ असार २, सोमवार

मोदीको एउटा ट्वीटले भारतमा हङ्गामा

May 23, 2019
627 Views

एजेन्सी- लोकसभा निर्वाचन २०१९ को मतगणना धमाधम भइरहेको छ । प्राय: राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता लिइरहेको छ । तर भारतमा मोदीको एउटा ट्वीटले हङ्गामा मच्च्याएको छ ।

एक्जिट पोलअनुसार नै भारतमा मोदी हाबी भइरहेका छन् । यतिबेला पुन: विश्वको ध्यान नरेन्द्र मोदीमाथि खिचिएको छ ।

अब कुरा गरौं मोदीको ट्वीटको ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ट्वीट इतिहास बनेको छ । उनको उक्त ट्वीट एक लाखभन्दा बढी पटक रिट्वीट गरिएको छ भने करीब ८५ हजार मानिसले लाइक गरेका छन् ।

१६ मे २०१४ मा नरेन्द्र मोदीको अगुवाइमा बीजेपीले जीत हासिल गरेको थियो, त्यसबेला उनले दिउँसो १२ बजे एक ट्वीट गरेका थिए । जुन इतिहास बन्यो । उनले ट्वीटमा लेखेका थिए, ‘भारतको विजय, राम्रो दिन आउँदैछ ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताले मोदीको ट्वीट कुरिरहेका छन् ।

उनले आफ्नो विजय निश्चित भएपछि ट्वीट गर्न सक्नेछन् । भारतीय मिडियाले त मोदीको विजय ‘पक्का’ भनिसकेको छ ।

Facebook Comments

सम्बन्धित खवर

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते
समाचार
shares4 views
समाचार
shares4 views

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते

विशाल पाण्डेय - २०७६, २ असार १७:३९

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बझाङको सदरमुकाम…

जादुगरलाई जादुले धोका दिएपछि…..
अन्तराष्ट्रिय
shares11 views
अन्तराष्ट्रिय
shares11 views

जादुगरलाई जादुले धोका दिएपछि…..

Himalpost Desk - २०७६, २ असार १७:००

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा…

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर
समाचार
shares10 views
समाचार
shares10 views

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर

Himalpost Desk - २०७६, २ असार १६:५२

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा…