विख्यात म्यागजिन ‘टाइम’मा मोदीको विवादित 'कभर' - भारतमा हलचल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विख्यात म्यागजिन ‘टाइम’मा मोदीको विवादित ‘कभर’ – भारतमा हलचल



काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा अमेरिकाको विख्यात म्यागजिन ‘टाइम’ ले ‘विवादित’ कभर स्टोरी प्रकाशित गरेको छ।

‘टाइम’ को ‘विवादित’ कभरस्टोरी मे २० को संस्करणमा छापिएपछि भारतीय चुनावी माहोलमा राम्रो तरङ्ग ल्याउने अनुमान गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा प्रकाशित गरेको कभर स्टोरीले हलचल भने ल्याउन सुरु गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर राख्दै टाइमले शीर्षक राखेको छ, ‘इन्डियाज डिभाइडर इन चिफ’। आतिश तसीरले लेखेको लेखमा ‘के विश्वकै ठूलो प्रजातन्त्रत्रले अर्को ५ वर्ष मोदी सरकारलाई सहन सक्ला ?’ लेखिएको छ।

लेखमा भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूको धर्मनिरपेक्षतासम्बन्धी विचारलाई अहिले भैरहेको धार्मिक असहिष्णुताको वातावरणसँग तुलना गरिएको छ।
हुन त म्यागजिन अहिले बजारमा आएको छैन। मोदीको कभर स्टोरी गरिएको यो म्यागाजिन मे २० मा मात्र बजारमा आउने छ।

१९ मे को लोकसभा चुनाव २०१९ को अन्तिम चरणको मतदान हो। र चुनावको नतिजा २३ मे मा आउनेछ। त्यो बीचमा म्यागेजिनको यस्तो लेखले चुनावी माहोललाई प्रभावित पार्न सक्ने राजनीतिक विज्ञहरू बताउँछन्।

  यस्तो लेखिएको छकभर स्टोरिमा

टाइमको वेबसाइटमा प्रकाशित यस स्टोरीमा मोदी गुजरातको मुख्यमन्त्री भएदेखि भारतको प्रधानमन्त्री भएसम्मको वर्णन गरिएको छ। सन् २०१४ मा भएको उनको जितलाई ३० वर्षकै सबैभन्दा ठूलो जित बताइएको छ। त्यसपछि उनको पाँच वर्षको कार्यकालको वर्णन गरिएको छ।

अहिले नरेन्द्र मोदीको फोटोसहित टाइम्स पत्रिकाले छापेको यो कभर पेज भारतमा सामाजिक सञ्जालको ट्रेन्डमा रहेको छ।

सन् २०१५ मा पनि टाइम म्यागजिनले ‘ह्वाइ मोदी म्याटर्स’ भन्ने शीर्षकमा मोदीमाथि कभर स्टोरी गरेको थियो। त्यतिबेला पनि यस स्टोरीलाई लिएर सामाजिक सञ्जालमा थुप्रै आलोचना भएको थियो। यसै म्यागजिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१६ को वर्ष व्यक्ति घोषणा गरेको थियो।

जुन स्टोरीलाई लिएर भारतमा अहिले विवाद भइरहेको छ त्यो स्टोरीका लेखक आतिश तासीर हुन्। ३९ वर्षीय आतिश ब्रिटेनमा जन्मिएका लेखक तथा पत्रकार हुन्। उनी भारतीय पत्रकार तवलीन सिंहका छोरा हुन्। एजेन्सी र अन्य पत्रिकाको सहयोगमा।