मोदी माथि थेसिस
काठमाडौं । भारतका मेहुल चौकसी नामका विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे पीएचडी गरिरहेका छन् । उनले यसका लागि थेसिस पनि बुझाएका छन् । थेसीसका लागि उनले सरकारी अधिकारीदेखि किसान र विद्यार्थीसँग पनि कुरा गरेका छन्। उनले ४ सय ५० जना मानिससँग कुरा गरेका छन् ।
यी विद्यार्थी यसकारण पनि चर्चित छन् कि उनको नाम एक भगौडा हीरा व्यापारीसँग मेल खान्छ । उनका अनुसार उनले अनुसन्धानका लागि ३२ प्रश्न तयार पारेका थिए । ४ सय ५० मध्ये २५ प्रतिशतले मोदीको भाषणमा भरोसा देखाएका थिए । ४८ प्रतिशत मानिसहरुले मोदीलाई राजनीतिक मार्केटिङमा सर्वश्रेष्ठ रहेको बताएका थिए ।
चौकसी वकिल पनि हुन् । उनले गरेको सर्वेक्षणमा ८१ प्रतिशतले मोदी सकारात्मक सोच भएको नेता भएको बताएका थिए । उनले अनुसन्धानको क्रममा धेरै चुनौतीको सामना गर्नुपरेको बताएका छन् ।