वाराणसीमा मोदीको करिव तेब्बर अग्रता - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

वाराणसीमा मोदीको करिव तेब्बर अग्रता



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।

बाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई तेब्बर बढी मतले पछि पारेका हुन् ।

दैनिक भास्करका अनुसार मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ । मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९९८४ मतका साथ मोदीलाई पछ्याइरहेका छन् । शालिनी यादव तेस्रो स्थानमा छिन् । उनले ९२६१ मत पाएकी छन् ।

बिहान ८ बजेबाट सुरु भएको निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ । आजतकका अनुसार, सत्तारुढ गठबन्धन एनडीए ३१० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका १११ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।