भारतीय प्रधानमन्त्री मोदी तनावमा : अब के गर्लान ?
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेका छन् । भारतमा दिन दुईगुणा रात चौगुणाको हिसावले कोरोना संक्रमित थपिने क्रमले उनलाई अहिले तनावमा पारेको छ ।
निकै पछी सुरू भएको संक्रमण भारतमा निकै छोटो समयमा अत्यधिक संख्यामा फैलिएको छ । भारत अहिले विश्वमा सबैभन्दा बढी संक्रमित हुने चौथो देश बनेको छ । यसैबीच अस्पतालको अभाव भएकै कारण रेलमा आइसोलेशन बनाइएको छ भने लकडाउन पुन: लगाउने तयारी गरिएको छ ।
यस्तै तनावका बीच मोदीले आज विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्दैछन। प्रधानमन्त्री मोदीले भर्चुअल बैठक राखेका छन्।
कोरोना महामारी रोकथाम र नियन्त्रणबारे २१ राज्यका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री मोदीले छलफल गर्न लागेका हुन्। छलफलमा पञ्जाव, गोवा, उत्तराखण्ड लगायतका मुख्यमन्त्रीहरु भाग लिने जनाइउको छ। महाराष्ट्र, दिल्ली, गुजरात, उत्तर प्रदेश, बिहार लगायत राज्यमा संक्रमण तीव्र रुपमा फैलिदै गएपछि प्रधानमन्त्री मोदीले छलफल गर्ने कार्यक्रम राखेका छन्।
गएको २४ घण्टामा भारतमा दश हजार बढीमा संक्रमण देखिएको छ। भारत सरकारको तथ्याङ्क अनुसार, गएको २४ घण्टामा दश हजार ६६७ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै भारतमा संक्रमि संख्या तीन लाख ४३ हजार पुगेको छ।
मृतृक संख्या नौ हजार ९ सय पुगेको छ। सोमबार अहिलेसम्मकै उच्च संख्यामा संक्रमितको मृत्यु भएको छ। गएको २४ घण्टामा भारतमा ३८० जनाको मृत्यु भएको छ।