मोदीमाथि आतंकवादी हमलाको षड्यन्त्र, विशेष सुरक्षा खटाइयो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

मोदीमाथि आतंकवादी हमलाको षड्यन्त्र, विशेष सुरक्षा खटाइयो



काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आतंकवादीले आक्रमणको योजना बनाएको खुलेको छ । उनीमाथि पाकिस्तानमा आधार बनाएर सक्रिय आतंकवादी संगठनले षड्यन्त्र रचेको खुलेको हो ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मोदीमाथि २२ डिसेम्बर आइतबार हुनगइरहेको रामलिला मैदानको रयालीमा आक्रमणको योजना खुलेको हो ।

भारतीय जनता पार्टीले दिल्लीस्थित रामलीला मैदानमा रयाली गर्दैछ । भारतीय खुफिया एजेन्सीले मोदीमाथि बनेको आक्रमणको योजनाको सूचनाबारे जानकारी गराएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

आक्रमणको योजना पत्ता लागेपछि मोदीको सुरक्षा शतर्कता बढाइएको छ । उनलाई विशेष सुरक्षाको बन्दोबस्द गरिएको छ । पाकिस्तान केन्द्रित जैस ई मोहम्मद समूहले आक्रमणको योजना बुनेको उल्लेख छ ।

पछिल्लो समय नागरिकता ऐन, राम जन्मभूमीमा अदालतको फैसला र काश्मिर मामलामा भारतको कदमपछि मोदीमाथि सुरक्षा खतरा बढेको जनाइएको छ ।

उनीमाथि आक्रमणको योजना बनाउन पाकिस्तानमा आधार बनाएका आतंकवादी संगठन सक्रिय भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।