मोदीलाई अर्को झट्का : शत्रुघन सिन्हा काँग्रेसमा प्रवेश - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मोदीलाई अर्को झट्का : शत्रुघन सिन्हा काँग्रेसमा प्रवेश



भारतीय चर्चित कलाकार शत्रुघन सिन्हाले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी त्याग गरेका छन्।

शनिबार पार्टी त्याग गर्दै उनी विपक्षी दल काँग्रेसमा प्रवेश गरेका हुन्।

करिब ३० वर्षसम्म सिन्हा भाजपा सदस्य थिए। सिन्हा पटनाका सांसद समेत हुन्। तर यसपटकको लोकसभा चुनावमा पार्टीले उनलाई सांसदको टिकट दिएन।

उनको स्थानमा नेता रविशंकर प्रसादलाई उठाइएको छ। सांसदको टिकट नपाएका सिन्हाले पार्टी त्यागेका हुन्।

Related image

सिन्हाले भने,‘मैले भारी मनले भाजपा त्यागेको हो। पार्टीसँग यसबारे सल्लाह गरिन। पार्टीले मलाई विरोधी र दुश्मन सम्झियो।’

उनले भारतीय जनता पार्टी तानाशाही बनेको समेत आरोप लगाए। उनले पछिल्लो समय आफूले काँग्रेसलाई सही पार्टीको रुपमा लिएको बताएका छन्। उनी काँग्रेसमा आफू खुशी भएको बताए। एजेन्सी