मोदीले दोस्रो कार्यकालको शपथ लिंदै - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

मोदीले दोस्रो कार्यकालको शपथ लिंदै



काठमाडौँ- लोकसभा चुनावको मतगणना सकिएलगत्तै भारतमा नरेन्द्र मोदीले बिहिबार दोस्रो कार्यकालको शपथ लिने तयारी छ। भारतीय राष्ट्रपति कार्यालयका अनुसार बिहिबार साँझ ७ बजे मोदी र अन्य केही मन्त्रीले राष्ट्रपति कार्यालय राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ लिने छन्।

संघीय मन्त्रीपरिषद्ले १६ औं लोकसभा विघटन गर्ने सिफारिस राष्टपति रामनाथ गोविन्द समक्ष गरेसँगै उनले शनिबार साँझ मोदीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए।

राष्ट्रपतिले मोदीलाई सपथ ग्रहणको मिति र मन्त्रीहरुको नाम उपलब्ध गराउन आग्रह गरेका थिए।

भाजपाको संसदीय तलका नेतामा निर्वाचित भएसँगै मोदीले हिजो राती राष्ट्रपतिलाई भेटेर सरकार निर्माणको दावी गरेका थिए।

सन् २०१४ को २६ मे मा मोदीले  पहिलो कार्यकालको शपथ लिएका थिए। पहिलो सपथ ग्रहण कार्यक्रममा  सार्क क्षेत्रमा नेतालाई बोलाइएको थियो।