नरेन्द्र मोदी सङ्कटमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नरेन्द्र मोदी सङ्कटमा



नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सङ्कटमा परेका छन् । पछिल्लो समय उनले दिएको अभिव्यक्ति एउटा प्रधानमन्त्रीले दिन नहुने भन्दै उनीमाथि गम्भीर प्रश्न उठेको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदीको अभिव्यक्ति माथि आपत्ति जनाउँदै राष्ट्रपति रामनाथ कोबिदलाई पत्र समेत पठाएका छन् । सिंहको पत्रमा काँग्रेसका धेरै नेताको समेत हस्ताक्षर गरिएको छ । कर्नाटका चुनावको प्रचारको दौरानमा मोदीले एउटा देशको प्रधानमन्त्रीको भाषा भन्दा पनि राजनीतिक नेताले बोल्ने भाषा प्रयोग गरेको उनको आरोप छ ।

चुनाव प्रचारको क्रममा मोदीले कांग्रेसबिरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । मनमोहन सिंहले लेखेको पत्रमा देशको जिम्मेवार प्रधानमन्त्रीले बोलेको भाषा आपत्तिजनकभएको र यो तुरुन्त माफी मागेर सुधार्नुपर्ने उल्लेख गरेका छन् ।

मोदीले चुनाव प्रचार गर्दै काँग्रेसलाई होच्याएर बोलेको र धम्काएको उल्लेख छ ।