मोदीले भने: नेपाल र भारतको सम्बन्ध राम र सीताको पालादेखि ! - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

मोदीले भने: नेपाल र भारतको सम्बन्ध राम र सीताको पालादेखि !



काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना छिमेकीहरुसँग हजारौं वर्षदेखि ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्ध रहिआएको बताएका छन्।

भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा आइतबार प्रकाशित अन्तर्वार्तामा मोदीले नेपालसँगको सम्बन्ध थप बलियो बनाउँदै लगेको प्रतिक्रिया दिएका छन्।

‘नेपालसँग त भगवान् राम–सीता तथा गौतम वुद्धको पालादेखिको सम्बन्ध छ’, मोदीले अन्तर्वार्तामा भनेका छन्, ‘हामीले सुरक्षा, व्यापार, लगानी तथा विकासमा साझेदारी गर्दै त्यसलाई झनै बलियो बनाउँदै लगेका छौं। फलस्वरुप आज त्यो सम्बन्ध फराकिलो र गहिरो भएको छ। साथै, विश्वासिलो र परिपक्व पनि भएको छ।’

मोदीले चीन अथवा अन्य देशले पनि आफ्ना छिमेकीसँग सम्बन्ध विकास गर्नु स्वभाविक भएको बताएका छन्।