मोदी र राहुलको अंकमालको रहस्य के हो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मोदी र राहुलको अंकमालको रहस्य के हो ?



नयाँदिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुव चर्चा पाएको छ ।

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा गान्धीले मोदीलाई अनपेक्षित रूपमा अंकमाल गरेका हुन् ।

भारतीय संसद्मा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलि पल्ट शुक्रबार राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको बताइएको छ ।

प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विपक्षी दल कँग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको छ ।

सो अवरोधप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका थिए । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलसँग आग्रह गरेका थिए ।

यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानून निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने भएकाले अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो । उनेले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गरेका थिए ।