मोदीमय मतपरिणाम - १०२ सिट विजयी, कांग्रेस स्तब्ध - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

मोदीमय मतपरिणाम – १०२ सिट विजयी, कांग्रेस स्तब्ध



काठमाडौं– भारतीय लोकसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले शतक पूरा गरेको छ । यो समाचार तयार पर्दासम्म भाजपाले १०२ सिटमा विजयी हासिल गरेको छ भने काँग्रेसले मात्रै ३२ सिटमा जित दर्ता गरेको छ ।

मतगणना जारी रहँदा भाजपाले २४६ स्थानमा अग्रता लिँदा काँग्रेसको ५४ स्थानमा अग्रता रहेको छ ।

नतिजाअनुसार भाजपाले बहुमत ल्याउने देखिएको छ । कूल ५४३ सिटमा २७२ जित जिते बहुमत पुग्छ ।

यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले जम्मा दुई सिट जितेको छ भने १५ स्थानमा अग्रता बनाएको छ ।

यसैगरी अन्य साना पार्टीले ६ सिट जितेका छन् ।