भारत निर्वाचन- सन् २०१९ को आम निर्वाचनको मतगणना परिणाम - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

भारत निर्वाचन- सन् २०१९ को आम निर्वाचनको मतगणना परिणाम



बीबीसी -एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्नका लागि मतदान गरेका छन्।

देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान गरिएको थियो।

मे २३ गतेको मतगणनाले सत्तासीन भारतीय जनता पार्टीले आफ्नो बहुमत कायम राख्छ वा भारतीय राष्ट्रिय कंग्रेसको प्रतिपक्षी गठबन्धनले सन् २०१४ को निर्वाचनको निराशाजनक प्रदर्शनलाई सुधार्छ भन्ने निर्णय गर्नेछ।

केही प्रान्तमा मुख्य प्रतिस्पर्धा भाजपा वा कंग्रेसबीच नभई प्रादेशिक दलहरूबीच छ।

ती दलहरूमा तमिलनाडूमा डीएमके र एआईएडीएमके, आन्ध्र प्रदेशमा टीडीपी र वाईएसआर, तेलङ्गानामा टीआरएस र उत्तर प्रदेशमा एसपी र बीएसीको गठबन्धनहरू हुन्।