मोदीका तर्फबाट राहुलले माफी मागेपछि... - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मोदीका तर्फबाट राहुलले माफी मागेपछि…



भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले जिएसटीमा भएको घाटाप्रति माफी मागेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ब्यंग्य प्रहारगर्दै उनले माफी मागेका हुन्।

भारतको उत्तराखण्डको राजधानी देहेरादुनमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष गान्धीले राफेल डिल, जिएसटीका साथै किसान सम्मान निधी योजनामा प्रधानमन्त्रीमाथि ब्यंग्य प्रहार गरेका छन्। जिएसटीको कारोबारमा घाटा भएको जिकिर गर्दै गान्धीले मोदीले गरेको भयंकर गल्तीमा माफी मागेका हुन्।

उनले जिएसटी कारोबारमा नोक्सान भएको जिकिर गर्दै गब्बर सिंह ट्याक्सलाई सच्चा जिएसटीमा परिणत गर्ने बतारे। यसमा साधारण राजश्व हुने उनको भनाइ छ। उनले भने, ‘जिएसटीमा जनु नोक्सान भएको छ।

जुन कष्ट भएको छ। त्यसको लागि प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट मैले माफी माग्छु। उहाँले भयंकर गल्ती गर्नु भएको छ। यो गल्तीलाई हामीले सच्चाउछौँ’