५४२ सिटको परिणाम यस्तो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

५४२ सिटको परिणाम यस्तो



काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटमध्ये मतगणनाको प्रारम्भिक गणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन २२० सिटमा अगाडि रहेको छ ।

काँग्रेस गठबन्धनको युपीए ११३ सिटमा अगाडि रहेको छ । अन्य सिटमा ७५ रहेको छ ।

राहुल गान्धी पछाडि
अमेठीबाट चुनाव लडिरहेका काँग्रेस अध्यक्ष राहुल गान्धी बीजेपीकी स्मृति इरानीभन्दा २००० मतले पछाडि रहेका छन् ।

उनको पार्टी पछाडि रहेका बेलामा आफू नै पछाडि परेका हुन् । सुरुआती गणनामा राहुल अगाडि रहे पनि त्यसपछि निरन्तर राहुल पछाडि परेका हुन् ।