मोदीले ल्याए एक राष्ट्र, एक चुनावको खतरनाक प्रस्ताव - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मोदीले ल्याए एक राष्ट्र, एक चुनावको खतरनाक प्रस्ताव



एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक राष्ट्र, एक चुनावको प्रस्ताव गरेका छन् । उनले यसअघि पनि यो प्रस्ताव ल्याएका थिए । यसपटक भने उनले यो देशको आवश्यकतामाको बिषय भएको बताएका छन् ।

मोदीले भनेका छन्, ‘यो विचारविमर्शको मुद्दा मात्र होइन देशको आवश्यकता हो र यसलाई गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।

पीठासीन अधिकारीहरूको ८०औं भारतीय सम्मेलनको समापन सत्रमा भिडियो कन्फरेन्सिङमार्फत सम्बोधन गर्ने क्रममा मोदीले यो बिषयलाई जोडतोडले उठाएका छन् ।

उनले भने, ‘एक राष्ट्र, एक चुनाव चर्चाको विषय मात्र हैन, यो भारतको आवश्यकता हो । हरेक महिना भारतमा कतै न कतै चुनाव भइरहेको हुन्छ । यसले विकास कार्यमा बाधा पुग्छ । यस्तोमा एक राष्ट्र, एक चुनावमा गहन मन्थन आवश्यक छ ।’

प्रधानमन्त्रीले लोकसभा, विधानसभा र पञ्चायत सबै चुनावका लागि मतदाता सूचीको उपयोगमा पनि जोड दिए ।

उनले भने, ‘यसका लागि बाटो बनाउनुपर्ने हुन्छ । हामी यी सबैमा समय र पैसा किन बर्बाद गरिरहेका छौं ?’ सन् २०१९ मा पनि मोदीले यो प्रस्ताव राखेका थिए ।