मोदीको सपथग्रहणका लागि प्रधानमन्त्री ओली बिहिबार भारत जाने - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

मोदीको सपथग्रहणका लागि प्रधानमन्त्री ओली बिहिबार भारत जाने



काठमाडौं -बिहिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका हुन्।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रम ओली भारत जान लागेको पुष्टि गरेका छन्। प्रधानमन्त्रीसँग दिल्ली को को जाने भन्ने टुङ्गो नलागेको उनले बताए।

‘सोमबार साँझ लिखित निम्तो आयो, सपथमा जाने डेलिगेसनको टुङ्गो अझै लागेको छैन।’मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएका छन्। बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्।

बिमस्टेक सदस्य राष्ट्रका सरकार/राष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने सपथ ग्रहण समारोहमा बोलाएको छैन।

मोदीको पहिलो सपथग्रहण समारोहमा सार्क राष्ट्रका राष्ट्रप्रमूखहरूलाई बोलाइएको थियो। पाकिस्तान र भारतको सम्बन्ध पुलुवामामा भएको आतंकवादी आक्रमणपछि चिसिएको छ। पाकिस्तानका प्रधानमान्त्री इमरान खानलाई बोलाउनु नपरोस् भनेर नै सार्कको सट्टा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाइएको अनुमान विश्लेषकहरूको छ।

मोदीले बिहिबार आफ्नो दोश्रो कार्यकालको सपथ लिने कार्यक्रम छ।