नरेन्द्र मोदी नेपाल आउंदै : यस्तो छ तयारी - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नरेन्द्र मोदी नेपाल आउंदै : यस्तो छ तयारी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्।

भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन्।

उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिखसम्म) हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ।